दफा ५
इजाजतपत्रको लागि निवेदन दिनु पर्ने
नेपाल …………. भित्रको कुनै ठाउँमा स्याटेलाइट, केबुल वा अन्य सञ्चार माध्यमद्वारा कुनै कार्यक्रमको प्रसारण गर्न वा फ«ीक्वेन्सी मोडुलेशन प्रसारण प्रणालीको स्थापना गरी शिक्षाप्रद, मनोरञ्जनात्मक तथा समाचारमूलक कार्यक्रम प्रसारण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा नेपाल सरकारसमक्ष निवेदन दिनु पर्नेछ ।